सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ४ चैत । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् अध्यादेश ल्याएर विभिन्न निकायमा गरिएका नियुक्तिविरुद्ध दायर भएको रिटको सुनुवाई आज हुने भएको छ । संसद् अधिवेशन अन्त्य गरी अध्यादेश ल्याएर संवैधानिक निकायमा नियुक्ति गरिएको भन्दै वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । शुक्रबार संवैधानिक इजलासबाट उक्त रिटमा सुनुवाई हुन लागेको हो । निवेदकहरुले संविधानको मर्म विपरित ल्याइएको अध्यादेश र त्यसबाट भएको नियुक्ति खारेज गर्न माग गरेका छन् ।