दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा जेलका दुई अधिकारीको हत्या 

बिहीबार, चैत ३, २०७८
Global Ime Bank

लागोस, ३ चैत । नाइजेरियाको दक्षिणी राज्य इमोमा बुधबार कारागारका दुई अधिकारीलाई गोली हानी हत्या गरिएको एक प्रवक्ताले बताएका छन् । दुई अधिकारी राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले राज्यको राजधानी ओवेरीमा पत्रकारलाई बताएका छन् । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका छन् ।  बुधबार नै नाइजेरियको नाइजरस्थित नाग्मा प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा पनि १०को हत्या गरिएको थियो । यहाँका प्रहरी अधिकारीले केही व्यक्तिको बन्दुक हमलाबाट कम्तीमा १० को हत्या भएको बताएका थिए । 
नाइजरका प्रहरी प्रमुख बाला कुरियर्सले सोमबार नाग्मा प्रहरी चौकीमा बन्दुकधारीले गरेको हमलामा परी तीन जना प्रहरी अधिकारी मारिएको बताएका थिए । त्यसपछि मंगलबार पनि बन्दुकधारीले सोही चौकीमा हमला गरेका उनले बताए ।
नाइजरको सहर म्याग्मा प्रहरी कार्यालयमा मंगलबार पनि अन्धाधुन्ध गोली प्रहार गरेर थप तीन प्रहरीको हत्या गरेका थिए ।
मंगलबारको गोली प्रहारमा परी चार सर्वसाधारण पनि मारिएका छन् । मंगलबार मारिएका चार सर्वसाधारण माग्माका गाउँले रहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिए । सो क्षेत्रमा विगतका केही महिनादेखि बन्दुकधारीले अन्धाधुन्ध गोली हानेर सर्वसाधारण र सुरक्षाकर्मीको ज्यान लिने काम भएको अधिकारीले जनाएका छन् ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  २०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार