सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली, ३ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार करोड ३० लाख एक हजार ४७७ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले जनाएको छ । यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० को ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या पाँच लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा मात्र दुई हजार १२ सक्रिय सङ्क्रमित घटेका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा चार करोड २४ लाख ५४ हजार ५४६ सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा चार हजार ४९१ कोरोनाबाट मुक्त भएका छन् ।–रासस/सिन्ह्वा