सोसल मिडिया
Contact Us
युनिकोड
बेलायत (लन्डन), ३ चैत । रुस–युक्रेन द्वन्द्वको बीचमा बेलायती विदेशमन्त्री लिज ट्रसले यसै महिनाको अन्तमा भारत भ्रमण गर्ने जनाइएको छ । विश्वले युक्रेनमा जारी संकटको सामना गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो । हालै बेलायतका विदेशमन्त्रीले युक्रेनको सङ्कटबारे विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेकी थिइन् । “युकेका विदेशमन्त्री लिज ट्रससँग टेलिफोन छलफल । युक्रेनी स्थितिका बारेमा विचार आदान प्रदान,” जयशंकरले ट्वीटमा लेखेका छन् । ट्रस पछिल्लो पटक गत वर्ष अक्टोबरमा दुई दिनको लागि भारत भ्रमणमा आएकी थिइन्, जसमा उनले जयशंकरसँग भेट गरेकी थिइन् । ट्रसले दुवै देशले भविष्यका लागि निर्धारित योजनामा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।–रासस/एएनआई