सोसल मिडिया
Contact Us
युनिकोड
अमेरिका (न्यूयोर्क) ३ चैत । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद (ग्ल्क्ऋ)को आकस्मिक बैठक बोलाइएको छ । बिहीबारको लागि बैठक बोलाइएको हो । “बेलायत र अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिको ले सुरक्षा परिषद्को बैठक बोलाएको छ । रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो, संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा लेखेको छ । बेलारुसमा भइरहेको वार्तामार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला यो घटनाक्रम आएको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन् । “वार्ता अझै प्रगतिमा छ । वार्ता एकदमै कठिन छ, र वार्ताको वर्तमान अवस्था, म यो जारी छ भन्न चाहन्छु, “जेलेन्स्कीले बुधबार शान्ति वार्ताको स्थिति बारे सोध्दा उक्त टिप्पणी गरेका छन् । बुधवार चौथो चरणको वार्ता जारी रहँदा केही विवरणले युक्रेनी प्रतिनिधिमण्डलका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको भन्दै वार्ता केही प्रगतिमा पुग्ने सुझाव दिएको छ ।
युक्रेन युद्धका कारण विश्वमै खाद्य असुरक्षा बढ्न सक्ने
संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् । उनले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावानी दिएका समाचारमा जनाइएको छ । प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महंगो हुने र जसका कारण अभाव पनि हुनसक्ने बताए । उनका अनुसार युरोपलगायतका क्षेत्रमा पछिल्लो यस युद्धले गर्दा खाद्यान्नको आपूर्तिमा कमी आउन सक्ने पनि उनले बताए । यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा वृद्धि हुनसक्ने अनुमान उनले गरेका छन् । उनले भनेका छन्, युद्धका अरु पनि असरहरु होलान् तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धतामा धेरै असर गर्ने देखिएको छ, खाद्यान्नको आपूर्ति र उपलब्धताको कुरा पेट्रोलियम पदार्थका कारण पनि महंगीमा असर गर्न सक्छ । संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददातासँग उनले युद्ध जति समय बढ्दै गयो त्यति नै खाद्यान्नको अभाव बढ्दै जाने अनुमान गरे । रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । तीन हप्तादेखि रुसले युक्रेनमा हमला जारी राखेको छ ।
पुटिन ’युद्ध अपराधी’ : बाइडेन
रुस र युक्रेनबीच बढ्दो युद्धको बीचमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध अपराधी” भनेका छन् । “मलाई लाग्छ ऊ युद्ध अपराधी हो,” बाइडेनले भने । बाइडेनले शुरुमा “होइन” भने जब पुटिन युद्ध अपराधी हो कि भनेर सोधेको प्रशनमा प्रतिप्रश्न गर्दा हो भनेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा गरेको टिप्पणी आफैँ बोल्छ भनेका छन् । “राष्ट्रपतिको टिप्पणी आफैँको लागि बोल्छ,” साकीले भने । “उनी आफ्नो हृदयबाट बोल्दै थिए र टेलिभिजनमा देखेका कुराबाट बोल्दै थिए जुन क्रूर तानाशाहले अर्को देशमा आक्रमण गरेर पाशविक कार्य गर्दछ ।–रासस/एएनआई