प्रदेश प्रमुख गुरुङद्वारा फागु पर्वको शुभकामना

बिहीबार, चैत ३, २०७८

गण्डकी, ३ चैत । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय तथा धार्मिक सांस्कृति विविधयुक्त हाम्रो मुलुकमा सबै नेपालीले खुसी र हर्षोल्लासपूर्वक होली पर्व मनाउँदै आएको बताएका छन् ।
    
    प्रदेश प्रमुख गुरुङले एक प्रेस विज्ञप्तिमार्फत फागु पूर्णिमाको शुभकामना व्यक्त गर्दै यस पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरण मिल्ने विश्वास व्यक्त गरे । सन्देशमा उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरे । 
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार