बेलायती प्रधानमन्त्रीद्वारा यूएई र साउदी नेताहरूसँग ऊर्जा सुरक्षाबारे छलफल

बिहीबार, चैत ३, २०७८
Global Ime Bank

लन्डन (यूके), ३ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको विशेष अपरेसनको सम्बन्धमा यूएई र साउदी अरेबियाको भ्रमणको क्रममा ऊर्जा सुरक्षाबारे छलफल गर्ने बेलायती सरकारले बुधबार उल्लेख गरेको छ । “प्रधानमन्त्रीले आज (बुधबार) अबुधाबी र रियादका नेताहरूसँग ऊर्जा, क्षेत्रीय सुरक्षा र मानवीय राहतमा वार्ता गर्नुहुनेछ,” विज्ञप्तिमा जनाइएको छ ।
साउदी अरेबियाको यात्रा गर्नुअघि उनले यूएईमा युवराज मोहम्मद बिन जायेदसँग भेट गर्ने समेत विज्ञप्तिमा उल्लेख छ । नेताहरूले ऊर्जा सुरक्षा सुधार गर्न र ऊर्जा र खाद्यान्नमा अस्थिरता कम गर्ने प्रयासबारे छलफल गर्ने अपेक्षा गरिएको छ । तेल उत्पादन बढाउन सम्भावित थप उपायहरूमा पनि छलफल हुने बताइएको छ । बेलायती प्रधानमन्त्रीले भने “बेलायतले नयाँ वास्तविकतासँग जुध्न अन्तरराष्ट्रिय गठबन्धन निर्माण गरिरहेको छ । संसारले रूसी हाइड्रोकार्बनहरू त्याग्नु पर्छ र पुटिनको तेल र ग्यासको उन्मादलाई राम्ररी प्रतिक्रिया दिनुपर्छ ।”
“साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स त्यस प्रयासमा प्रमुख अन्तरराष्ट्रिय साझेदारहरू हुन् । हामी उनीहरूसँग क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न, मानवीय राहत प्रयासलाई समर्थन गर्न र दीर्घकालीन रूपमा विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउन काम गर्नेछौं,” उनले बताए ।– रासस/एएनआई

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार