जापानद्वारा रुसको ‘मोस्ट फेभर्ड नेसन’ व्यापारको दर्जा खारेज 

बिहीबार, चैत ३, २०७८
Global Ime Bank

टोकियो, ३ चैत । जापानले युक्रेनका घटनाहरूको सम्बन्धमा रुसलाई सबैभन्दा मनपर्ने राष्ट्रको दर्जाबाट वञ्चित गर्ने निर्णय गरेको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । “हामी रूसलाई सबैभन्दा मनपर्ने राष्ट्र शासनबाट बाहिर राख्दैछौं, “किशिदाले भने ।
विश्व व्यापार सङ्गठनको सदस्यको रूपमा रुसलाई सबैभन्दा मनपर्ने राष्ट्रको रूपमा  लिइएको थियो । रुसले सन् २०१२ देखि विश्व व्यापार सङ्गठनको सदस्यको रूपमा मोस्ट–फेभर्ड नेसनको फाइदा उठाउँदै आएको छ ।
जापानले रुसमा विलासिताका सामानको निकासीमा प्रतिबन्ध लगाउने र रुसबाट धेरै सामानको आयातमा पनि प्रतिबन्ध लगाउने किशिदाले बताएका छन् । जापानले जी–७ सँगसँगै रुसलाई विश्व बैंक र अन्य अन्तरराष्ट्रिय संस्थाहरूबाट लगानी प्राप्त गर्न गाह्रो बनाउन उपायहरू अवलम्बन गर्ने जनाएको छ । टोकियोले रुसी राष्ट्रपतिको नजिकको “रूसी कुलीन वर्ग” को दायरा विस्तार गर्ने र तिनीहरूको सम्पत्ति रोक्का गर्दै रुसमाथि क्रिप्टोकरेन्सी सम्बन्धी प्रतिबन्धहरू पनि लगाइनेछ बताएको छ ।–रासस/एएनआई/स्पुतनिक
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार