सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयद्वारा आज साँझ जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु दशौँ अधिवेशन मङ्सिर २८ गते प्रारम्भ भएको थियो ।