बालिकामा कामको बोझ थपियो

मंगलबार, चैत १, २०७८
Global Ime Bank

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वका महिला र बालिकाहरूका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको कडा सङ्घर्षको उपलब्धि कदरयोग्य भएको वताएका छन् । कार्यकारी निर्देशक क्याथरिन रसेल भन्छन्,  “तर लैङ्गिक समानताको लडाइँ समाप्त हुन अझ धेरै बाँकी छ । वास्तवमा, कोभिड १९ भन्दा पहिले पनि लैङ्गिक असमानता हाम्रो परिवेशमा सबैभन्दा व्यापक र उल्लेखनीय अन्यायको रूपमा कायम रहेको थियो । यो महामारीको प्रभावले यो अन्याय झन् धेरै गुणाले बढेको छ। कोभिड १९ को तेस्रो वर्षमा प्रवेश गरेसँगै र महामारीपछिको युगको लागि काम गरेसँगै, सही पुनस्स्थापना लैङ्गिकताको हिसाबले समान हुनुपर्छ ।”

युनिसेफका अनुसार, कोभिड १९ ले बालिकाहरूको जीवनमा नराम्रो असर गरिरहेको छ । बन्द विद्यालयहरू, आर्थिक तनाव तथा सेवामा अवरोधहरूले सबैभन्दा कमजोर बालिकाहरूको स्वास्थ्य, कल्याण र भविष्यलाई जोखिममा पारिरहेको छ ।  विश्वव्यापी रूपमा, १ करोड दश लाखभन्दा बढी बालिकाहरू महामारीपछि कहिल्यै विद्यालयमा नफर्कन सक्छन् । अर्को दशकमा, थप एक करोड बालिकाहरू बालविवाहको जोखिममा रहनेछन् ।

क्याथरिन रसेल भन्छिन्,  “बन्दाबन्दीले बालबालिकालाई आफ्नो घरमा बढी समय बिताउन बाध्य तुल्याएको हुनाले, बालिकाहरूले अधिक मात्रामा घरेलु कामको जिम्माको बोझ उठाइरहेका छन् । तीमध्ये धेरै जना आफ्ना दुर्व्यहारकर्तासँग नजिक र सुरक्षा प्रदान गर्न मद्दत गर्ने सेवाहरू र समुदायहरूबाट अलग हुन बाध्य भएका छन् । लैङ्गिकतामा आधारित हिंसाका साथमा यौन हिंसा पनि बढ्दै गएको छ ।” स्रोतः स्वतन्त्र समाचार

 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार