चीन र स्पेनका विदेशमन्त्रीबीच फोनवार्ता

मंगलबार, चैत १, २०७८
Global Ime Bank


बेइजिङ, १ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिस विदेशमन्त्री जो मानुअल अलबारेसबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा सोमबार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार उनीहरुका बीचमा द्धिपक्षीय हितका विभिन्न विषयहरुमा कुराकानी भएको थियो । उनीहरुले पछिल्लो समयमा रुस र युक्रेनका बीचको द्धन्द्धको बारेमा पनि कुराकानी गरेका थिए ।

सो समाचार समितिले पछिल्लो समयमा युक्रेनमा विकसित भएको परिस्थितिका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको जनाएको छ । त्यस्तै त्यस वार्ताका क्रममा स्पेनका विदेशमन्त्री मानुअलले हालैमात्र चीनले सफलतापूर्वक बेइजिङ विन्टर ओलम्पिकको आयोजना गरेकोमा पनि चीन सरकारलाई बधाई दिएकाे बताइएको छ ।

उनीहरुबीचको सो वार्ताका क्रममा चीन र स्पेनले पनि रुस र युक्रेनलाई तत्कालै युद्ध विराम गरेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्ने सहमति भएको थियो ।रुसले युक्रेनमा गएको करिब तीन हप्तादेखि आक्रमण गरिरहेको छ । यी दुई देशबीचमा पटक पटक वार्ता भए पनि समस्या समाधानको मार्ग भने पहिचान हुन सकेको छैन । रासस
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार