रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

सोमबार, फागुन ३०, २०७८

चीने, ३० फागुन । चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २ः०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ  । आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको  छ। रासस 
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार