किभमा अवस्थित आवासीय भवनमा हमला कम्तीमा दुई मृत्यु

सोमबार, फागुन ३०, २०७८
Global Ime Bank

युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ  ।  यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे  दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।  नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ ।  भवन किभको ओबोलोनमा रहेको जनाइएको छ । 

रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् । युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् । RSS
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार