कर्णालीमा सुरु भयो निर्वाचन लक्षित कार्यक्रम

सोमबार, फागुन ३०, २०७८

कर्णाली, ३० फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरुले विभिन्न गतिविधि थालेका छन् । सरकारले मिति घोषणा गरेसँगै दलहरुले प्रदेशदेखि टोलस्तरीयसम्म भेला, प्रशिक्षण, पार्टी प्रवेश लगायतका अभियान सञ्चालन गरिरहेका छन् । 

यतिबेला दलका नेता÷कार्यकर्ताले प्रदेश राजधानी सुर्खेतमा मात्र नभइ वडा र टोलस्तरसम्म कार्यक्रम केन्द्रीत गरिरहेका छन् ।  नेकपा ९एमाले० ले फागुन १४ र १५ गते स्थानीय तह निर्वाचन केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न ग¥यो । पार्टीका उपाध्यक्ष रामबहादुर थापा, पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालसहितका नेताको उपस्थितिमा वीरेन्द्रनगरमा सम्पन्न उक्त बन्द प्रशिक्षण निर्वाचनमा कसरी जित हासिल गर्ने भन्ने विषयमै केन्द्रीत थियो । 

प्रशिक्षणमा सहभागी एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाका अनुसार विगतको चुनावी समीक्षा, आगामी निर्वाचनका लागि गर्नुपर्ने तयारी, पार्टीले तय गर्नुपर्ने एजेण्डालगायतका रणनीतिका विषयमा विज्ञसहित नेताहरुले प्रशिक्षण दिएका थिए । प्रदेशस्तरीय प्रशिक्षणपछि अगुवा नेता यतिबेला आ–आफ्नो गाउँ÷नगर केन्द्रीत अभियानमा संलग्न छन् । प्रचार विभाग प्रमुख तिमिल्सेनाले सुर्खेतका नौ वटै स्थानीय तहका वडा र टोल–टोलसम्म पुगेर भेला, बैठक, प्रशिक्षण लगायतका गतिविधि सञ्चालन भइरहेको बताए ।  

नेपाली कांगे्रसले पनि आइतबारदेखि देशभर एकैसाथ निर्वाचन अभियान शुभारम्भ गरेको छ । कर्णालीका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर कांग्रेसले एक महिने अभियान सञ्चालन गरेको हो । केन्द्रीय कार्यक्रम अनुसार यहाँका सबै जिल्लामा यो अभियान सुरु भइसकेको छ । 

केन्द्रीय अभियानका अतिरिक्त कांगे्रसका विभिन्न गाउँ÷नगर कमिटी, भ्रातृ सङ्गठनले पनि भेला बैठक, पार्टी प्रवेशलगायतका कार्यक्रम जारी राखेका छन् । कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित घोषणा गरेको अभियान अन्तर्गत आइतबार केन्द्रीय महामन्त्री गगनकुमार थापाको उपस्थितिमा वीरेन्द्रनगरमा प्रशिक्षण सम्पन्न भयो । जिल्ला पार्टी सचिव देवकुमार सुवेदीले स्थानीय तह निर्वाचनका लागि सबै खाले तयारीहरु गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिइसकेको बताए।

 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार