सोसल मिडिया
Contact Us
युनिकोड
बलेवा, ३० फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा सझा धारणा बनाउन सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । निर्वाचनको समयमा मात्रै दलहरु सक्रिय हुने गरेको भन्दै उनले सधैँ जनता र विकासका लागि काम गर्ने हो भने निर्वाचन केन्द्रित कार्यक्रम आवश्यक नरहेको बताए । “बिकास गरौँ, जनताको पक्षमा काम गरौँ, जनताले हाम्रा काम हेरेर मत दिन्छन्,” अध्यक्ष तिमिल्सिनाले भने, “मतदानको अघिल्लो दिन चामलका बोरा बाँडेर जितेका जनप्रतिनिधिले काम गर्न सक्दैनन् ।”