कांग्रेस सर्लाहीको सभापतिमा सिंह

सोमबार, फागुन ३०, २०७८

मलङ्गवा, ३० फागुन  । नेपाली कांगे्रस सर्लाहीको सभापति पदमा सुरेन्द्रप्रसाद सिंहले एक हजार ७५८ मत प्राप्त गरी विजयी भएको छन् । उनले  अर्का प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर निर्वाचित भउका हुन्  । रायले रायले एक हजार ३७८ मत प्राप्त गरेका  थिए । जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले निर्वाचित सभापतिसहित अन्य निर्वाचित पदाधिकारीको नाम घोषणा गरेका थ्एि । 

     १४ औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति पदमा नवीन अधिकारी,डा सरोजकुमार, शेख सदुल्लाहल निर्वाचित  भएका छन्  । त्यस्तै सचिबमा नीरज कार्की,सहसचिव इन्द्रबहादुर योञ्जन र सुनिलकुमार कुशवाहा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।  
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार