सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेदेखि बैठक सुरु भएको हो । बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहित सचिवालयका नौ जना सदस्य सहभागी छन् । यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेका थिए । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको हो । कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए । अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल कहाँ पुगेका थिए ।