दक्षिण नाइजेरियामा बस र ट्रक ठोक्किँदा बाह्र यात्रुको मृत्यु

आइतबार, फागुन २९, २०७८
Global Ime Bank

 नाइजेरियाको दक्षिणपश्चिम सहरमा शनिबार बिहान बस र ट्रक ठोक्किदाँ १२ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । देशको दक्षिणी भागमा रहेको क्वारा र ओयो राज्यहरूलाई जोड्ने इलोरिन–ओग्बोमोसो सडकको छेउमा रहेको ओटे टाउननजिकै बस र ट्रक ठोक्किदाँ सवारीसाधनमा भएको आगलागिमा परी अन्य छ घाइते भएका बताइएको छ ।  

घटनामा १८ जनाको संलग्नता रहेको बताइएको छ  । घाइते र शवलाई इलोरिनको सरकारी अस्पतालमा लगिएको छ    अधिकारीहरुले सवारी चालकहरूलाई सडक सुरक्षा नियमहरु पालना गर्न सल्लाह दिएका छन् ।घातक सडक दुर्घटनाहरू नाइजेरियामा प्रायः भएको पाइन्छ , प्रायः ओभरलोडिङ, खराब सडक अवस्था, र लापरवाह ड्राइभिङको कारणले गर्दा दुर्घटना हुने गरेको समाचारमा जनाइएको छ । रासस

 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार