विप्लब राष्ट्रिय सभागृहबाट सार्वजनिक 

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं । सरकारसँगेको ३ बुँदे सहमपिछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ औपचारिक रुपमा राष्ट्रिय सभाबाट सार्वजनिक भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त सभालाई सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी भएका हुन् । उनले सम्धोनका क्रममा शहीदका चाहना पूरा नभएको बताए । मुक्त आशाकमा आफूहरुले राजनीतिक गतिविधि गर्ने बताउँदै समाजमा रहेको शोषणविरुद्ध लड्ने बताए । मान्यतामाथि हमला भएको बेला नागरिकहरु विद्रोही हुने उनले बताए ।  परिस्थिति बदलिए पछि आफ्नो भूमिका बदलिने बताउँदै उनले कम्युनिस्टहरु शान्तिका दूत हुने बताए । तीन बुँदेमा आफूहरु प्रतिवद्ध रहेको उनले बताए । आशंका–उत्तेजतामा नेकपा आउने छैन उनले समारोहमा भने । समारोहलाई विप्लवले सम्बोधन गर्ने क्रम जारी छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार