विप्लव बालुवाटारमा 

प्रधानमन्त्रीसँगको भेटपछि संयुक्त सभालाई सम्बोधन गर्ने 
शुक्रबार, फागुन २१, २०७७

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आज बिहान नवलपरासीको दलदलेमा सार्वजनिक भएका उनी प्रहरीका स्कर्टिङ्गमा शुक्रबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । बालुवाटार प्रवेश गर्नुअघि विप्लवले पार्टीका वार्ता टोलीका सदस्यलाई भेटेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् । हस्ताक्षर समारोह केहीबेरमा राष्ट्रिय सभागृहमा हुँदैछ । सो समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् । सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीका सदस्यले बिहीबार तीन बुँदे सहमति गरेका थिए । सहमतिमा विप्लव समूहले राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने, सरकारले प्रतिबन्ध फुकाउने तथा सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेजीलगायतका विषय उल्लेख छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार