भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेता पक्राउ 

शनिबार, फागुन २८, २०७८
Global Ime Bank

कराँची, २८ फागुन । पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । पाकिस्तान सङ्घीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज–पिएमएल–एन) का नेता तथा पूर्वसिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीले पुष्टि गरेको स्थानीय समाचार संस्थाले जनाएका छन् । 
नेता खान विमान चढेर भागेर संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेको बेला पक्राउ गरिएको अधिकारीले जनाएका छन् । 
उनलाई भ्रष्टाचारको आरोप लगाउदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो । पक्राउ गरिएपछि अब अरु कानुनी प्रक्रिया सुरु हुने अधिकारीको भनाइ छ ।– रासस/एएनआई


 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार