सोसल मिडिया
Contact Us
युनिकोड
जुरिच, २८ फागुन । बाहिरका हेरालुसँग हुर्केका बालबालिकाहरुको व्यवहारमा उनीहरुकै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ । स्विजरल्याण्डमा गरिएको अध्ययनका क्रममा जुरिचको विद्यालय एक हजार ३०० बालबालिकालाई सहभागी गराइएको थियो । बाहिरका हेरालुको साथमा धेरै समय छोड्दा उनीहरुकै स्वभाव बालबालिकामा विकास हुने भएकाले बालबालिकालाई आफै स्याहारसुसार गर्न पनि अध्ययनकर्ताले सुझाव दिएका छन् । “बच्चासँग सकेसम्म घरकै परिवारले समय विताउनु राम्रो हुन्छ, बाहिरका हेरालुसँग राखियो भने उनीहरुकै बानीअनुसारको व्यवहार बच्चामा पनि विकास हुने गरेको देखिएको छ,” अध्ययन प्रतिवेदनमा लेखिएको छ । यस्तो प्रभाव सामान्यतया प्राथमिकत कक्षाको अध्ययन सकिएपछि धेरै प्रकट हुने गरेको पनि अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी बालबालिकामध्ये ६७ प्रतिशत बालबालिकालाई शिशु कक्षाभन्दा अगाडि पारिवारिक सदस्यभन्दा बाहिरकाले हेरचाह गर्ने गरेको पाइएको थियो । तीमध्ये ३२ प्रतिशतलाई दिवा हेरचाह केन्द्रमा राख्ने गरेको पाइएको छ । त्यसैगरी अरु २२ प्रतिशतलाई शिशु स्याहार केन्द्र र अर्को २२ प्रतिशतलाई पारिवारिक सदस्यभन्दा बाहिरका कुनै व्यक्तिले हेरचाह गर्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार तीन प्रतिशतलाई भने छिमेकीले हेरचाह गरिदिने गरेका छन भने १२ प्रतिशतलाई धाइआमाले हेरचाह गर्ने गरेको पाइएको छ ।– रासस/एएनआई