भारतमा कोरोनाभाइरसबाट तीन हजार छ सय नयाँ सङ्क्रमित

शनिबार, फागुन २८, २०७८
Global Ime Bank

नयाँदिल्ली, २८ फागुन । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४० हजार ५५९ पुगेको छ ।  
सङ्घीय स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाको सङ्ख्या पाँच लाख १५ हजार ८०३ रहेको छ । तीमध्ये ८९ को भने पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । 
पछिल्लो २४ घण्टामा पाँच हजार १८५ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।
एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै देखिएको छ ।

कोभिड–१९ उच्च सङ्क्रमित नौ देशको सूची 

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले माार्च १२ मा प्रकाशित कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशको सुची निम्न प्रकार रहेका छ । 

    देश    संख्या 
    विश्व    ४५ करोड ५२ लाख ३१ हजार ३५२
    अमेरिका    सात करोड ९५ लाख सात हजार ३०   
    भारत    चार करोड २९ लाख ८७  हजार ११६ 
    ब्राजिल    दुई करोड ९३ लाख तीन हजार २८
    फ्रान्स    दुई करोड ३५ लाख ६५ हजार २७४
    बेलायत    एक करोड ९६ लाख ७३ हजार ८८२
    जर्मनी    एक करोड ७० लाख ५१ हजार ५१८
    रुस    एक करोड ६९ लाख ९३ हजार ६२५
    टर्की    एक करोड ४५ लाख १३ हजार ७७४
    इटाली    एक करोड ३२ लाख ६८ हजार ४५९
– रासस/एएनआई

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार