दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमि

शनिबार, फागुन २८, २०७८
Global Ime Bank

सोल, २८ फागुन ।  दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ ।
सरकारी अधिकारीले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 
योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ । 
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले सङ्क्रमितको सङ्ख्या अत्यधिक देखिएको बताइएको छ । नयाँ सङ्क्रमितमध्ये ८० हजार ४३७ राजधानी सोलका मात्रै रहेका छन् । 
त्यसैगरी ग्योङगी प्रान्तम एक लाख सात हजार ९४१ र इन्चेओनमा २३ जहरा ७३५ सङ्क्रमित भएका छन् । 
कुल सङ्क्रमितमध्ये एक हजार ६६ मात्रै गम्भीर अवस्थामा रहेका छन् । तीमध्ये ५० जना पछिल्लो एक दिनमा थपिएका हुन् । 
कोरोनाकै कारण दक्षिण कोरियामा पछिल्लो एक दिनमा २६९ को मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या भने १० हजार १४४ पुगेको अधिकारीले जनाएका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार