युक्रेनमा रहेका चिनियाँ नागरिकलाई ११ उडानबाट उद्धार

शनिबार, फागुन २८, २०७८
Global Ime Bank

बेइजिङ, २८ फागुन । चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ । यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ । सो जहाज स्थानीय समयानुसार आज बिहान ०९ः५१ मा सो विमान चीनको जेजियान प्रान्तको हांचाउ विमानस्थलमा अवतरण गरेको जनाइएको छ । चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट नौ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइ सकिएको छ । युक्रेनमा थप चिनियाँ रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीले जानकारी दिएका छन् । युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ । जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशले पनि फिर्ता लगिसकेको जनाएका छन् । रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार