कांग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार 

शनिबार, फागुन २८, २०७८

धनुषा, २८ फागुन । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् । शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएको छन् । कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका  थिए भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए । कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार