सोसल मिडिया
Contact Us
युनिकोड
खार्तुम, २७ फागुन । सुडानको डार्फर क्षेत्रमा बन्दुकधारीहरूको आक्रमणमा परी १७ नागरिक मारिएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही समूहसँग भएको झडपका क्रममा यसै हप्ता मात्रै दर्जनभन्दा बढीको मृत्यु भएको छ । हतियारधारी समूहले डार्फर राज्यको पहाडी क्षेत्र जेबेल मुनमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन् । घटनास्थल चादसँगको सीमा क्षेत्रमा पर्दछ । बिहीबार भएको घटनामा परी अरू केही घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आक्रमणकारीहरूले आगजानी गरेर चार गाउँ पूरै जलेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । “लडाकूहरूले जेबेल मुनका गाउँहरूमा आक्रमण गरेका र आगजनी गरेका छन्, घरहरू जलेपछि दर्जनौँ मानिस विस्थापित भएका छन्,” स्थानीय एक नेताले भने ।–रासस/एएफपी