सोसल मिडिया
Contact Us
युनिकोड
बिश्केक (किर्गिजस्तान) ,२७ फागुन । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ । “बिहीबार बिहान २ः५० बजे, मार्च ११, २०२२ मा किर्गिज–ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको सीमा सेवाले उल्लेख गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
हुथी विद्रोहीको हिंसामा परी छ बालबालिकाको ज्यान गयो यमनमा गएको २४ घन्टा यतामात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ । यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि छ जना बालबालिका मारिएका बताएको छ । ती सुरक्षा निकायले पछिल्ला केही हप्तायता हुथीहरुले हिंसात्मक गतिविधिलाई बढावा दिएका पनि बताएका छन् ।यहाँका दक्षिणी क्षेत्रमा पर्ने ताइज र साना प्रान्तमा ती बालबालिका मारिएका र सो क्षेत्रमा हुथीहरुले आन्धाधुन्ध सर्वसाधारण माथि नै हमला गरेका बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी युनियनको आग्रह
संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा विकसित परिस्थितिप्रति ध्यानाकर्षण भएको भन्दै यसका लागि सबै संयमित हुनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा पछिल्ला दिनमा विकसित हुदै गएको राजनीतिक विकासक्रमले कसैलाई पनि फाइदा नपुग्ने भन्दै यहाँका राजनीतिक दलहरुले शान्तिपूर्ण माध्यमबाट सबै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । ती दुई संगठनले बिहीबार सुडानका सबै राजनीतिक दल तथा द्धन्द्धरत सबै पक्षलाई वार्ता थाल्न आग्रह गरेका हुन् । सुडानको खार्तुममा बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियना सुडानका विशेष दूतले सुडानलाई सो आग्रह गरेका हुन् । उनीहरुले पछिल्लो समयमा सुडानमा राजनीतिक हिंसा बढ्दै गएको र यसको समाधानका लागि द्धन्द्धरत सबै पक्ष वार्ताका बसेर निकास निकाल्नुपर्ने भन्दै आग्रह गरेका हुन् ।– रासस/सिन्ह्वा