संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहयोगको आह्वान

शुक्रबार, फागुन २७, २०७८
Global Ime Bank

न्यूयोर्क (अमेरिका), २७ फागुन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अन्तरर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उनले आह्वान गरेका हुन् ।  संयुक्त राष्ट्रसङ्घको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । रुस–युक्रेन द्वन्द्वलाई उद्धत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पु¥याउन संयुक्त राष्ट्र सङ्घको स्थापना भएको पनि गुटेरेसले बताएका छन् ।

अमेरिका र टर्कीका राष्ट्रपतिबीच युक्रेनमा रुसको आक्रमणबारे छलफल
अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयपबीच बिहीबार टेलिफोन वार्ता भएको छ । सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीको बारेमा छलफल भएको जनाइएको छ । 
‘राष्ट्रपति बाइडेनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा दुवै देशले युक्रेनको सरकार र जनताको लागि आफ्नो बलियो समर्थन पुनः पुष्टि गर्दै रुसी आक्रामणको तत्काल अन्त्यको आवश्यकतालाई जोड दिएका छन् ।
‘राष्ट्रपति बाइडेनले द्वन्द्वको कूटनीतिक समाधानलाई समर्थन गर्ने टर्कीको प्रयासको साथै शान्ति र स्थायित्वलाई प्रवद्र्ध्न गर्न मद्दत गर्ने क्षेत्रीय नेतासँग टर्कीको हालैको संलग्नताको लागि प्रशंसा व्यक्त गर्नुभएको’ जनाइएको छ ।

पुटिनद्वारा युक्रेनमा स्वयंसेवी लडाकु पठाउने योजनालाई समर्थन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम्सेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध–कारबाहीलाई “विशेष सैन्य कारबाही’ भनेका छन् । 
‘यदि तपाईंले स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देख्नुभयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ’, पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भने ।– रासस–एएफपी

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार