सोसल मिडिया
Contact Us
युनिकोड
अफगानिस्तान (काबुल), २७ फागुन । अफगानिस्तानमा आयोजित एक बैठकमा विश्वका कम्तिमा १७ देशका महिला विदेशमन्त्रीले अफगानिस्तानमा भइरहेको मानवअधिकार उल्लङ्घन र महिलामाथि हुने प्रतिबन्धका सम्बन्धमा गहिरो चिन्ता व्यक्त गरेका छन् । अफगानिस्तानमा जारी महिला दमन बारे चिन्ता व्यक्त गर्दै विदेशमन्त्रीले तालिबानलाई सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । अफगानिस्तानमा महिलाको दमनमा चिन्ता व्यक्त गर्दै विदेश मन्त्रीले तालिबानलाई अफगान महिला विरुद्धका सबै प्रतिबन्ध, विशेष गरी शिक्षा अवरोध हटाउन आग्रह गरेको, टोलो न्यूजले उल्लेख गरेको छ । “मन्त्रीहरूले मानवअधिकार उल्लङ्घन बारे गहिरो चिन्ता व्यक्त गर्दै विशेष गरी महिला, केटीलाई शिक्षामा पूर्ण पहुँच र सहभागिताको सुनिश्चितता गर्न आह्वान गरेका छन् । बैठकका सहभागीले तालिबानका कार्य, विशेष गरी महिलासँग सम्बन्धित गतिविधिको नजिकबाट निगरानी जारी राख्ने निर्णय पनि गरेका छन् । अफगान महिला र मानवअधिकारका लागि अमेरिकी विशेष दूत रिना अमिरीले अन्तरराष्ट्रिय महिला दिवसमा समावेशी, स्थिर र आर्थिकरूपमा सक्षम अफगानिस्तानका लागि अफगान महिलाको सहभागिताको महत्त्वमा जोड दिएपछि यो कुरा सार्वजनिक भएको हो । यसैबीच तालिबानले अफगानिस्तान कब्जा गरेपछि अफगान महिला जागिरबाट वञ्चित भएका छन् ।– रासस/एएनआई