उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

शुक्रबार, फागुन २७, २०७८
Global Ime Bank

उत्तरकोरियो (प्योङयाङ), २७ फागुन । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएको, आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ । नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गर्नुभएको हो । फेब्रअरी २७ र मार्च ५ गते दुईवटा भूउपग्रह परीक्षण गर्ने नाडाले सार्वजनिक गरेको प्रमुख परीक्षणको नतिजाप्रति शीर्ष नेताले सन्तुष्टि व्यक्त गरेका छन् ।  भूउपग्रहको विकासलाई सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि महत्त्वपूर्ण काम भएको उहाँले बताउनुभएको छ । किमका अनुसार सैन्य उपग्रह विकास र सञ्चालन गर्नुको उद्देश्य देशको सशस्त्र बललाई यसको विरुद्ध सैन्य कारबाहीको वास्तविक–समय जानकारी प्रदान गर्नु हो । पार्टी केन्द्रीय समितिले पञ्चवर्षीय योजना (२०२१–२०२५) को अवधिमा धेरै सैन्य उपग्रहलाई सूर्य–सिङ्क्रोनस ध्रुवीय कक्षमा विविधरूपमा राख्ने राष्ट्रिय एयरोस्पेस विकास प्रशासनको निर्णय समावेश छ ।– एएनआई/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार