सोसल मिडिया
Contact Us
युनिकोड
मस्को, २७ फागुन । रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्दालिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो । रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उनीहरूको भेटवार्ता केन्द्रित हुने जानकारी दिए । विभिन्न सञ्चारमाध्यमहरूले यसअघि नै उहाँहरूका बीचमा भेटवार्ता हुन लागेको समाचार सम्प्रेषण गरेका थिए । “हो बेलारुसका राष्ट्रपति भोलि मस्को आउँदै हुनुहुन्छ, उहाँले हाम्रा राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ,” प्रवक्ता पेस्कोभले बिहीबार पत्रकारहरूसँग भने । ब्लिन्केन र कुलेबा बीच मानवीय सहायता प्रदान गर्ने प्रयासहरूबारे छलफल
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक प्रयासबारे छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताए । वार्तापछि आधिकारिक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आज युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग फोनमा कुरा गरेको, उनीहरूबीच युक्रेनलाई थप सुरक्षा सहयोग र मानवीय सहयोग उपलब्ध गराउने समन्वयात्मक प्रयासबारे छलफल भएको जनाइएको छ । ब्लिन्केन र कुलेबाले रुसको सैन्य कारबाही रोक्न जारी कूटनीतिक प्रयासबारे पनि छलफल गरेको प्राइसले उल्लेख गरेका छन् । युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियार रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वीयुरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बुधबार युक्रेनी प्रयोगशालाका कर्मचारीले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगका खतरनाक रोगजनक जीवाणु फैलाएको बताएका थिए । “क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधि सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झूट फैलाइरहेको छ । त्यसैगरी चीनका अधिकारीले पनि यी षड्यन्त्र सिद्धान्त प्रतिध्वनित गरेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले “यो रूसी विकृति पूर्णतया बकवास हो र रसियाले अर्को देश विरुद्ध यस्तो झूटा दावी आविष्कार गरेको पहिलो पटक होइन र यस्ता दावीहरू धेरै पटक खारेज गरिएका छन्,” भनेको छ । युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई जहाज सकुशल चीन पुगे युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन् । बिहान ८ः०२ मा पहिलो उडान पूर्वीचीनको झेजियाङ प्रान्तको हाङझाउमा र दोस्रो उडान ११ः१२ बजे पूर्वीचीनको शानडोङ प्रान्तको जिनानमा आइपुगेको जनाइएको छ । यसअघि युक्रेनबाट चिनियाँ नागरिकलाई फिर्ता लैजाने सात अस्थायी उडान पहिले चीन पुगिसकेका छन् ।
अमेरिकी तल्लो सदनलद्वारा युक्रेनका लागि खर्च विधेयक पारित अमेरिकी प्रतिनिधिसभाले बुधबार साँझ सङ्घीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ । विधेयकले सेप्टेम्बर ३०, २०२२ सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिनेछ । हालको कोष शुक्रबार मध्यरातमा समाप्त हुँदैछ । विधेयकले ७३० बिलियन गैर रक्षा कोष र ७८२ बिलियन रक्षाको लागि र युक्रेनको लागि मानवीय, आर्थिक र रक्षा सहयोगको लागि १३.६ बिलियन विनियोजन गर्नेछ । मारिउपोल बाल अस्पतालमा आक्रमण बालिकासहित तीनको मृत्यु
दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार बताएका छन् । “युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एक बालिकासहित तीन जनाको मृत्यु भएको” नगर परिषद्ले उल्लेख गरेको छ ।