श्रीलङ्काले गुमायो ११६ वर्षीय हजुरआमा 

शुक्रबार, फागुन २७, २०७८
Global Ime Bank

कोलम्बो, २७ फागुन । श्रीलङ्काका सबैभन्दा ज्येष्ठ नागरिकको बिहीबार निधन भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने बेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो ।  उनको जन्म सन् १९०६ को जनवरी ११ मा भएको थियो । श्रीलङ्का सरकारले भने उहाँको उमेर सन् २०१७ मा प्रमाणित गरेको थियो ।  उनी १११ वर्षको भएका बेला सरकारले उनलाई देशको सबैभन्दा ज्येष्ठ नागरिकको प्रमाणपत्र दिएको थियो ।  उनी दुई छोरा र एक छोरीकी आमा हुन् । उनको श्रीमान्को भने ४० वर्ष अगाडि नै निधन भएको थियो । उहाँ शाकाहारी थिइन् । उनको परिवारजनले जीवनभरी एक पटक मात्रै उनी अस्पतालमा भर्ना भएको दाबी गरेको छ । सन् १९८२ मा मात्रै अस्पताल भर्ना भएको पारिवारिक सदस्यहरूको भनाइ छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार