सोसल मिडिया
Contact Us
युनिकोड
टर्की, २७ फागुन । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको छ । उक्त भेटपछि बोल्दै युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएको बताए । लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गरे । युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उनले बताए ।
कसले के भने ?
कुलेबाले युक्रेनी भूमिमा मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न दुई पक्ष सहमत भएको बताए । उनले ‘तात्विक छलफल र समाधान खोज्ने परिदृश्यमा त्यसो भएमा’ आफू पुनः भेट्न तयार रहेको बताएका छन् । 'म युद्ध अन्त्यका लागि, युक्रेनी नागरिकको पीडा अन्त्य गर्नका लागि र हाम्रो भूभागलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त पार्न यस्तो संलग्नता जारी राख्न चाहन्छु' लाभ्रोभले भने । उनले मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरताू बारे छलफल भएको बताए । उनले सर्वसाधारणहरूलाई बन्धक बनाइएको रुसी दाबी दोहोर्याउँदै 'तथाकथित स्थल प्रतिरक्षा फौज' ले त्यसो गरेको बताए । कुलेबाले दुईवटा कार्यलाई प्राथमिकता दिनुपर्ने बताए । मारिओपोलबाट मानिसहरूलाई अन्यत्र जान दिने निकाासमार्ग र २४ घण्टे युद्धविराम उनले जोड दिँदै भने । लाभ्रोभले क्रेम्लिनका निर्णयकर्तासम्म त्यो कुरा पुर्याउने अपेक्षा व्यक्त गरे । रुससँग इच्छा नभए युद्ध रोक्न नसकिने उनको भनाइ थियो । लाभ्रोभले रुसको सुरक्षा चासोप्रति कसैले वास्ता नगरेको भन्दै अमेरिकाले युक्रेनी भूमिलाई जैविक अस्त्र विकास गर्न प्रयोग गरेको आरोप लगाए । युक्रेनस्थित एउटा अस्पतालमा गरिएको रुसी आक्रमणबारे भइरहेको निन्दाबारे प्रतिक्रिया दिँदै उनले विश्वभरि सार्वजनिक मतलाई प्रभावित पारिएको दाबी गरे । उनले रुसविरुद्ध लगाइएका प्रतिबन्ध खेप्ने बताउँदै आफ्नो देशल यो सङ्कटबाट मुक्त हुने दाबी गरे ।
युक्रेनी नागरिकलाई मानवढालका रूपमा प्रयोग गरिएको आरोप
रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा नागरिकहरूलाई ूतथाकथित स्थल प्रतिरक्षा फौजू ले 'बन्दी' बनाएको र उनीहरूलाई 'मानवढाल'का रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । युक्रेनी समकक्षीसँग टर्कीमा भेट गरेपछि बोल्दै उनले त्यसो भनेका हुन् । युक्रेनी विदेशमन्त्रीसँगको भेटमा 'मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरता' बारे छलफल भएको उनले बताए । उनले नागरिकहरूलाई अन्यत्र जाने निकासमार्ग रुसले दिइरहेको दाबी गरेका छन् ।
वार्ताबाट न्यून अपेक्षा युद्धमा रहेका दुई देशका विदेशमन्त्रीहरू छुट्टाछुट्टै पुगे । युक्रेनी विदेशमन्त्री दिमेत्रो कुलेबालाई उनका टर्किस समकक्षीले स्वागत गरेपछि रुसका सर्गेई लाभ्रोभ आइपुगे । यी वार्तामा व्यापक रुचि छ । पत्रकार सम्मेलनस्थल आन्ताल्यामा अन्तर्राष्ट्रिय पत्रकारहरू भरिभराउ छन् । वार्ताहरू बन्द कोठाभित्र भएको थियो र दुवै प्रतिनिधिमण्डलले त्यो सकिएपछि पत्रकार सम्मेलन गरेका छन् । तर वार्ताबाट अपेक्षाहरू निकै कम छन् । कुलेबाले समेत त्यसै ठानेका छन्। उनले सफलता लाभ्रोभले मस्कोबाट पाउने ‘निर्देशनमा’ निर्भर रहने बताएका छन् । क्रेमलिनले केही दिनअघि प्रस्तुत गरेका सङ्केतबारे निकै अनुमान भए जसलाई कसैले रुसी अडानको सम्भावित लचिलोपनका रूपमा व्याख्या गरेका छन् । रुसी र युक्रेनी विदेशमन्त्रीबीच युक्रेनमा रुसी हमला सुरु भएपछिको पहिलो भेटवार्ता सुरु भएको थियो । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबा आन्ताल्या, टर्कीमा भेट वार्ता भएको हो । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशलु समेत उनीहरूबीचको बैठकमा सहभागी थिए ।
'किएभनजिक युक्रेनी सेनाद्वारा प्रत्याक्रमण'
युक्रेनी सेनाले रुसी फौजविरुद्ध राजधानी किएभमा प्रत्याक्रमण सुरु गरेको आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै युक्रेनको सरकारी प्रसारकले जनाएको छ । 'रातिको समय त निकै कठिन थियो, तर हामी केसम्म भन्न सक्छौँ भने युक्रेनी सेनाले किएभनजिक प्रत्याक्रमण सुरु गरेको छ' भेदिम डेनिसेन्कोलाई उद्धृत गर्दै भनिएको छ, 'हामीले पाँचवटा ट्याङ्क राख्यौँ ।' किएभको पश्चिमतर्फको बाहिरी भेगमा बिहान गोलाबारी भएको सुनिएको थियो। अहिले लडाइँ भएको थियो ।
छ स्थानमा निकासमार्ग बनाइँदैः जेलेन्स्की युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजको हमलाबाट जोगाउन मानव निकासका लागि विभिन्न छवटा स्थानमा निकासमार्ग पहिल्याउने प्रयास भइरहेको बताएका छन् । एउटा भिडिओ सन्देशमा उनले सुमी, एनर्होडार र किएभ आसपासका क्षेत्रबाट बुधवार करिब ३५,००० मानिस सुरक्षित स्थानतर्फ जान सकेको बताए । तर त्यो सङ्ख्या अपेक्षा गरेभन्दा निकै कम रहेको उनले उल्लेख गरे । बिहीवार थप तीनवटा मार्ग पहिल्याउने काम भइरहेको जेलेन्स्कीले जानकारी गराएका छन् ।
रक्तपात अन्त्य गर : राष्ट्रसङ्घका महासचिव संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले युक्रेनको मारिओपोलस्थित एक बालक तथा प्रसूति अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई 'भयानक' को सङ्ज्ञा दिएका छन् । युद्धविराम गरिएको बेला रुसले उक्त अस्पतालमा बम आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ । ती आक्रमणमा परेर १७ जना घाइते भएका छन् भने बालबालिका र अरू मानिस भग्नावशेषमा पुरिएका छन् ।
रुसमा सेन्सरशिप र निगरानी छल्न ट्विटरको नयाँ संस्करण सामाजिक सञ्जाल ट्विटरले युक्रेनमाथि रुसी अतिक्रमणबीच रुसमा निगरानी र सेन्सरशिप छल्न आफ्नो नयाँ संस्करण ल्याएको छ । नयाँ संस्करण चलाउन चाहने प्रयोगकर्ताहरूले टोर ब्राउजर डाउनलोड गर्नुपर्ने हुन्छ । टोर नेटवर्कले इन्टरनेट ट्राफिकमा प्रेषक र प्रापकबीच गोपनीयता कायम गर्ने विधि अवलम्बन गर्छ र विश्वभरि हजारौँ सर्भरमार्फत् सन्देश आदानप्रदान गराउँछ । फेसबुक र बीबीसीसहित थुप्रै साइटहरूको पनि टोर संस्करण रहेको छ ।- बीबीसी