भारतकाे विधानसभा चुनावमा बीजेपी चार प्रदेश र आम आदमी एक प्रदेशमा विजयी

विपक्षी कांग्रेसलाई यस पटक पनि मन पराएनन् मतदाताले 
शुक्रबार, फागुन २७, २०७८
Global Ime Bank

चण्डीगढ, २७ फागुन । भारतका पाँचवटा राज्यमा विधानसभाका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा चारवटाको नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी)को पक्षमा देखिएको छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, मणिपुर र गोआमा जारी मतगणनाले सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ता र शुभचिन्तकहरूमा खुशी ल्याएको छ । प्रमुख प्रतिपक्षी काङ्ग्रेस आईले पनि लज्जाजनक हार बेहोर्ने देखिएको छ । पञ्जाबमा भने अरविन्द केजरीवालको आम आदमी पार्टीले बाजी मारेको छ । जहाँ उसले आवश्यक बहुमत सीट जितिसकेको छ भने जित वा अग्रतासहित ९२ सीटमा शीर्ष स्थानमा छ। यी पाँच राज्यमा झण्डै १८ करोड ५० लाख मतगणना भइरहेको छ ।

खुसियाली
कडा प्रतिस्पर्धा हुने ठानिएको उत्तर प्रदेशमा बीजेपीले बहुमत प्राप्त गरिसकेको छ । त्यहाँ जित वा अग्रतासहित बीजेपीले २५६ सीटमा शीर्ष स्थानमा छ भने समाजवादी पार्टी एक सय दश सीट जित्ने देखिएको छ । ७० सीट भएको उत्तराखण्डमा बीजेपी जित वा अग्रतासहित ४८ सीटमा शीर्ष स्थानमा छ । ४० सीट भएको गोवामा बीजेपी जित वा अग्रतासहित २० सीटमा शीर्ष स्थानमा छ । ६० सीट भएको मणिपुर विधानसभाको मतगणनामा बीजेपी नै ३२ स्थानमा जित वा अग्रतासहित अगाडी छ।
बीजेपीका र आम आदमी पार्टीका कार्यकर्ताहरूले खुसियाली मनाउन थालेका छन् । मतगणनाको प्रारम्भिक नतिजासँगै भारतीय शेअर बजारमा सुधार देखिएको छ ।

पञ्जावमा आम आद्मी पार्टीलाई तीन चौथाइ मत 
भारतको पञ्जाव राज्यमा आम आद्मी पार्टी (एएपी)ले तीन चौथाइ मत प्राप्त गरेको छ । विधानसभाका लागि भएको निर्वाचनमा अत्यधिक मत पाएसँगै पञ्जाव प्रदेशको सरकार आम आद्मीले नै बनाउने भएको छ । न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आद्मीलाई मन पराएको पाइएको र आम आद्मीले चमत्कार गरेको टिप्पणी भएको छ । 
स्थानीय समयअनुसार बिहीबार बेलुका ६ बजेसम्म, कूल ११७ प्रदेशसभा सदस्यमध्ये ८९ मा आम आद्मीले जित हासिल गरिसकेको छ । त्यसैगरी अहिले मत गणना भइरहेका मध्ये तीन ठाउँमा अग्रता कायम गरेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।  
प्रदेश सरकारमा रहेको दल काँग्रेसले भने १५ ठाउँमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । अहिले मत गणना भइरहेका मध्ये काँग्रेस पनि तीन सिटमा अग्रस्थानमा देखिएको छ । अत्यधिक मत ल्याएकाले आम आद्मी पार्टीले भगवन्त मानलाई मुख्य मन्त्री बनाउने भएको छ । उहाँलाई पार्टीले निर्वाचन अगाडि नै मुख्यमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेको थियो ।–रासस÷एएनआई
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार