सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चिनियाँ युवाहरूमा आंशिक रोजगारीप्रति आकर्षण बढेको पाइएको छ । हालै सार्वजनिक भएको एक सर्वेक्षण प्रतिवेदनले आफ्नो पुरा जागिरसँगै आंशिक जागिर पनि गर्ने युवाहरूको सङ्ख्या ३० प्रतिशत रहेको देखाएको छ । त्यसैगरी अरु झण्डै ६१ प्रतिशत युवाले पनि आंशिक रोजगारी गर्ने योजना बनाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । सर्वेक्षणमा एक हजार ९४५ जनालाई सहभागी गराइएको सर्वेक्षणकर्ताहरूले जानकारी दिएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ५६ प्रतिशतले आंशिक रोजगारी गर्नुको मुख्य कारण भने आर्थिक अभाव नै भएको बताएका छन् । आंशिक रोजगारी गर्नेहरूको सर्वाधिक रोजाइमा अनलाईन व्यापार पर्ने गरेको सर्वेक्षणले देखाएको छ । दैनिकी चलाउन सजिलो बनाउन, आत्मसन्तुष्टि, व्यक्तिगत रुची पुरा गर्न, आम्दानी बढाउन लगायतका कारणले आंशिक रोजगारी गर्ने गरेको उनीहरूले जवाफ दिएका छन् । त्यसैगरी सर्वेक्षणमा सहभागी केही व्यक्तिले भने आफ्ना सपनाहरू पुरा गर्न सजिलो हुने विश्वासका साथ आंशिक रोजगारी गर्ने गरेको बताएको प्रतिवेदनमा उल्लेख छ ।–सिन्ह्वा