ललितपुरकाे गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण

बुधबार, फागुन २५, २०७८

काठमाडौं, २५ फागुन : माओवादी केन्द्र बागमती प्रदेश समितिले ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

बुधबार दिउँसो सुरु भएको प्रशिक्षण कार्यक्रममा माओवादी बागमती प्रदेश समितिका सदस्य तथा विभिन्न भ्रातृसंगठनका नेताहरू सहभागी छन् ।

Avatar

प्रशिक्षण कार्यक्रमको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् । प्रशिक्षण कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेललगायत सहभागी छन् ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

Avatar

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार