भारतीय तस्करसँग नेपाल प्रहरीको दोहोरो भिडन्त

भिडन्तमा एक भारतीयको मृत्यु
बिहीबार, फागुन २०, २०७७

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा आज साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो भिडन्त हुँदा भारतीय पक्षका युवक मारिएका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपाल प्रहरीमाथि भारतीय तस्कर गिरोहले बेलौरी नगरपालिका–७ पौलाहास्थित नेपाल–भारत सीमा क्षेत्रमा फायर गरेका जनाउनभयो । जवाफी फायरमा प्रहरीले चलाएको गोलीबाट भारतीय युवक मारिएका हुन् । मृतक अन्दाजी २५ वर्षीय भारतीय युवकको साथबाट नक्कली नोट छाप्ने मेशिन, कागजत र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । घटनापछि नायब उपरीक्षक थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।–रासस
 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार