नेकपा एसको पोलिटब्यूरो बैठकमा आगामी निर्वाचनबारे छलफल

सोमबार, फागुन २३, २०७८

काठमाडौँ, २३ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा ३७ सदस्यले सुझाव दिएका छन् । पार्टीको आज बसेको पोलिटब्यूरो बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले सुझाव दिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।
अध्यक्ष नेपालले पेस गरको प्रतिवेदनमा समसामयिक राजनीतिक परिवेश, आगामी निर्वाचन, सङ्गठन विस्तारलगायत विषय समेटिएको प्रतिवेदनमाथि टिप्पणी गर्दै नेताले सङ्गठनलाई व्यवस्थित गर्न पार्टी तथा जनवर्गीय सङ्गठन सबैलाई सक्रिय बनाउन सुझाव प्राप्त भएको छ ।
पोलिटब्यूरो सदस्यको सुझावका आधारमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटी बैठकमा पेस गर्नेछन् । बैठकमा नेपालले पार्टीले देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको, गठबन्धन बनाउन र निरन्तरता दिन पार्टीले खेलेको भूमिकाबारे प्रस्तुत गरेका थिए । पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरणहरू समेटिएको अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिएका थिए । बैठकमा वामपन्थी नेता कृष्णराज बर्मा, दुमन थापा र लक्ष्मीदास मानन्धरको हालै भएको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । पार्टीको यही फागुन २५ र २६ गते केन्द्रीय समितिको बैठक काठमाडौँमा बस्ने भएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  २१:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार