केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न एकीकृत समाजवादीको बैठक

सोमबार, फागुन २३, २०७८

काठमाडौं, २३ फागुन ।  एकीकृत समाजवादीले आउँदो बुधबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न छलफल गरिएको छ । 

काठमाडौंमा सोमबार बसिरहेको पोलिट्ब्युरो बैठकमा २५ फागुन बुधबार बस्ने बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल भइरहेको छ । एकीकृत समाजवादी राष्ट्रहितलाई ध्यानमा राखेर अघि बढ्ने र सोहीअनुसार निर्णय हुने उनले बताए । 

‘एकीकृत समाजवादी न झुक्छ न बहकिन्छ, राष्ट्रहितलाई ध्यानमा राखेर अघि बढ्छ,’ प्रवक्ता खतिवडाले भने ।  

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार