प्रधानमन्त्री देउवाले चैतको तेस्रो साता श्रीलंकाको भ्रमण गर्ने 

सोमबार, फागुन २३, २०७८

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् ।  श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।  ‘मार्च ३० मा श्रीलंकामा आयोजना हुने बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीज्यू र म सहभागी हुँदैछौं,’ परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने । 

 बिमस्टेकको चौथौं सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् । सम्मेलनमा सात वटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् । 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार