सोसल मिडिया
Contact Us
युनिकोड
रियाद, २२ फागुन । साउदी अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्ध आइतबारदेखि हटाएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिएको छ । मन्त्रालयका अनुसार यहाँका आन्तरिक हवाई उडानमा अब कोरोना भाइरस सङ्क्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । त्यसैगरी यहाँ अब सार्वजनिकस्थलमा पनि उपस्थित हुन पाइने भएको छ । पर्यटकीय स्थलमा उपस्थितिका लागि पिसीआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ । यहाँका नागरिकले घर बाहिर निस्किँदा मास्क भने लगाउनुपर्ने भएको छ । सार्वजनिक स्थलमा मास्क भने अनिवार्य गरिएको बताइएको छ । पछिल्ला केही हप्तामा यहाँ कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्ध हटाएको जनाएको छ ।–रासस/सिन्ह्वा