सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरे : प्रदीप ज्ञवाली

आइतबार, फागुन २२, २०७८

नुवाकोट, २२ फागुन ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ को कुरा उठाएको आशङ्का गरेका छन् । नुवाकोटको विदुरमा आज प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने, “स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।”
सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाए । 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार