२९ फागुनसम्मका लागि संसद् बैठक स्थगित

आइतबार, फागुन २२, २०७८

काठमाडौं, २२ फागुन : प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार