प्रधानन्यायाधीशमाथिको महाभियोग सिफारिश गर्न संसदीय समिति गठन 

संसद् बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी
आइतबार, फागुन २२, २०७८

काठमाडौं, २२ फागुन । नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी राखेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरे । गत २३ भदौदेखि संसद बैठकमा अवरोध गर्दै आएका उनीहरुले आइतबार पनि बैठक सुरु हुने बित्तिकै अवरोध गरेका हुन् ।  
 महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबीच सहमति भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव अगाडि बढाउन सिफारिस समिति गठन भएको घोषणा गरे । 
सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति भएको थियो । सभामुख सापकोटाले ११ सदस्य सिफारिस समितिमा रहेको जानकारी दिए ।  
प्रधानन्यायाधीशको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाएर यही फागुन १ गते उक्त प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधिसभा नियमावाली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको व्यवस्था छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार