कांग्रेस अछाम सभापति छान्न दाेस्राे चरणकाे मतदान हुँदै

आइतबार, फागुन २२, २०७८

अछाम, २२ फागुन : नेपाली कांग्रेस अछामकाे सभापतिमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतकाे ५१ प्रतिशत मत ल्याउन नसकेपछि दाेस्राे चरणमा चुनाव हुने भएकाे हाे ।

दोस्रो चरणको मतदान आज बिहान १० बजे सुरू भएकाे छ ।  दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार