राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन

आइतबार, फागुन २२, २०७८

काठमाडाैं, २२ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षकाे उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उनको आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

 शेरधन तत्कालीन राप्रपा नेपालका महामन्त्री थिए । शेरचनको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएकाे छ ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार