माओवादी केन्द्रीय कमिटी बैठक आज बस्दै 

आइतबार, फागुन २२, २०७८

काठमाडौं, २२ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज आइतबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । 

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक  विषयमा  छलफल  भएको थियो ।

ढकालका अनुसार बैठकको कार्यसूची  कार्ययोजना  निर्माण  र संगठन हुनेछ । गत पुसमा सम्पन्न  माओवादीको आठौँ  महाधिवेशनले २४७  केन्द्रीय  सदस्य  चयन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ०९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार