सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारसँग तीन बुँदे सहमति भएपछि प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । यो समूहले बिहीबार सरकारकासँगको वार्तामा हिंसा छोड्न सहमत भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध हटाउने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् । सहमतिसँगै सरकारले पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा पार्टी नेता दीपक चलाउने सदस्य थिए ।