सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न आज मतदान

शनिबार, फागुन २१, २०७८

राजविराज, २१ फागुन । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।  सहमतिमा फागुन २० गते हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको छ । जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका छन् । साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ । 

कांग्रेस अछामकाे ४ जना पदाधिकारीका लागि १९ जनाको उम्मेद्वारी

नेपाली कांग्रेस अछामको जिल्ला अधिवेशनका उम्मेद्वारहरुको मनोनय प्रक्रिया सकिएको छ । निर्वाचन समितीले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । ७ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापति पदका लागि ३ जनाको उम्मेद्वारी परेको छ । 

पूर्व पार्टी सभापति पुष्प बहादुर शाह, वर्तमान सभापति भरत कुमार स्वाँर र नेविसंघ अछामका पूर्व अध्यक्ष राजन कुवँरको सभापतिमा उम्मेद्वारी परेको हो । सभापतिका उम्मेद्वार शाह क्षेत्र नं. २ बाट एक्लो उम्मेद्वार हुन भने क्षेत्र नं. १ बाट स्वाँर र कुवँरले उम्मेद्वारी दर्ता गराका हुन् । 

उपसभापतिमा आवश्यक २ पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ । जसमा चन्द्र प्रसाद ढुंगाना, टेक बहादुर साँउद, धनबहादुर शाह, नयाँराम बजगाई र ललित बहादुर कुवँरले उम्मेद्वारी दर्ता गराएका छन् । उपसभापतिमा ढुंगाना र बजगाँई क्षेत्र नं. २ बाट हुन् भने क्षेत्र नं. १ बाट साँउद, शाह र कुवँरको उम्मेद्वारी कायम भएको छ ।

जिल्ला सचिव २ जनाको लागि ६ जनाको उम्मेद्वारी परेको छ । अनिल कुमार बिष्ट, टक्कर बहादुर शाह, नरेन्द्र बहादुर कुवँर, पुष्प बहादुर बिष्ट, प्रकाश बहादुर साँउद र सुरत बहादुर बुढथापाको उम्मेद्वारी परेको छ । सचिवमा दुबै क्षेत्रबाट ३/३ जनाको उम्मेद्वारी कायम भएको छ । यस्तै सहसचिव २ जनको लागि ५ जनाको उम्मेद्वारी परेको छ । खगेन्द्र बहादुर खड्का, गोबिन्द बहादुर बिष्ट, दिनेश कुमार स्वाँर, ललित बहादुर साँउद र हिक्मत बहादुर धामीको उम्मेद्धारी कायम रहेको छ । जिल्ला कार्य समिती सदस्य खस आर्य ६ पुरुष तर्फ जनाको लागि २१ जनको उम्मेद्धारी परेको छ । 

खस आर्य महिला सदस्यमा ५ जनामा ५ जनाको मात्रै उम्मेद्धारी परेकाले उनिहरु सबै निरबिरोध निर्वाृचित भएका छन् । दलित सदस्य पुरुष तर्फ ६ र महिला तर्फ २ जनाले उम्मेद्धारी दिएका छन् । भूगोल तर्फ मंगलसेन नगरपालिकामा ६ जना, साँफेबगरबाट ४ जना, चौरपाटीबाट २ जना, मेल्लेख बाट २ जना, बान्नीगढी जयगढबाट ४ जना, रामारोशनबाट ५ जना, कमलबजारबाट ५ जना, पञ्चदेवल बिनायक बाट ६ जना, तुर्माखाँदबाट ४ जना र ढकारीबाट ३ जनाको उम्मेद्वारी परेको छ ।

ताराचन्द्र बजगाइँ ‘निशान’ कांग्रेस मकवानपुरको ‘कान्छो पदाधिकारी’ 

नेपाली कांग्रेस मकवानपुर सहसचिवमा निर्वाचित ताराचन्द्र बजगाइँ ‘निशान’ ‘कान्छो पदाधिकारी’ रहेका छन् । विद्यार्थी संगठनबाट औपचारिक रुपमा राजनीति थालेका ३४ वर्षीय बजगाइँ १६ फागुनमा भएको जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका हुन् । बुद्ध लामा सभापतिमा निर्वाचित हुँदा उनी सहसचिवमा विजयी भएका हुन् ।

Avatar

लामा र बजगाइँ संस्थापन समूह (देउवा समूह)बाट पदाधिकारीमा निर्वाचित भएका हुन् भने बाँकी संस्थापनइतर समूहबाट विजयी भएका छन् । ‘सहसचिवमा निर्वाचित भएपछि जिल्लाको कान्छो पदाधिकारी बनेको छु,’ उनले भने ।

टेलिसिरियल मेरी बास्सैकी मैयाँ अर्थात् सुनीता गौतमका श्रीमानसमेत रहेका बजगाइँ कलाकारिता र समाजसेवा गर्दै राजनीतिमा सक्रिय छन् । 
२०६१ सालमा पशुपति बहुमुखी क्याम्पस चावहिलको नेविसंघ  इकाइ उपसभापति जिम्मेवारी सम्हालेर औपचारिक रुपमा राजनीतिमा सक्रिय भएका उनी अहिले कांग्रेस मकवानपुरको सहसचिवको जिम्मेवारी पाएका छन् । 

गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधिसमेत बनेका उनी अहिले जिल्लामा सक्रिय रुपमा राजनीतिमा होमिएका छन् । उनी कोरोनाभाइरस संक्रमण महामारीमा आइसोलेसन सेन्टर निर्माण गरेर समाजसेवामा खटिएका थिए । 

मेरी बास्सैमा समेत अभिनय गरेका उनी चलचित्र ‘वडा नम्बर छ’, ‘छ एकान छ’को १, २ र ३ तथा ‘छ माया छपक्कै’ निर्मातासमेत हुन् । उक्त चलचित्रले उनलाई सफल निर्माता बनायो । 

उनी बागमती–३ मा रहेको बुद्ध माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत हुन् । पद पाउनुभन्दा जिम्मेवारी पूरा गर्नु महत्वपूर्ण रहेको भन्दै उनले आफूले पाएको विद्यालय र पार्टीप्रतिको कर्तव्य र जिम्मेवारी पूरा गर्ने बताए । यसका लागि श्रीमती मैयाँसहित परिवारको साथ पाएको र पाइरने निशान बताउँछन् । 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार